देउवाले एकलौटी गरेको भन्दै शेखर समूहको बैठक आज बस्दै

13.1k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्डमा सुरु हुने नेता गुरुराज घिमिरेले जानकारी दिएका छन्।


प्रधानमन्त्री एंव पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको काममा एकलौटी गरेको भन्दै शेखर समूहको बैठक बस्न लागेको हो । आजको बैठकमा भातृ संस्थामा गरिएको एकलौटी मनोनयन, स्थानीय निर्वाचनको समीक्षा र पार्टीको अन्तरिक र बाह्य विषयमा छलफल हुनेछ ।

देउवाले तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा कोइराला पक्षसँग छलफल नै नगरी एकलौटी मनोनयन गरेका थिए । यस्तै केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष चुनेका थिए ।

तर देउवाले सभापति निर्वाचित भएको ६ महिनासम्ममा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई पूर्णता दिन सकेका छैनन्।

ताजा अपडेट
सम्बन्धित समाचार