सहिद परिवारलाई भरणपोषणका लागि मासिक २१ हजार दिइने

12.4k Shares

मधेश प्रदेश सरकारले मधेश आन्दोलन र नेकपा माओवादी केन्द्रको १० वर्षे जनयुद्धमा सहिद भएकाको परिवारलाई भरणपोषणबापत मासिक २१ हजार रुपैयाँ दिने  भएको छ।

गृह तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले सहिदका छोराछोरीलाई समेत निस्शुल्क  पठनपाठनका लागि छात्रवृत्ति दिन लागेको हो।

भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधिक २०७९ को दफा ९६० बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा सहिद भएका परिवारको आर्थिक अवस्था को परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार रुपैयाँका दरले मधेशी सहिद प्रतिष्ठानको निर्णय गरेको छ।

सहिदका सन्तानलाई कक्षा १ देखि ६ सम्म १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिइने पनि मन्त्रालयले जनाएको छ।

भरणपोषण तथा छात्रवृत्तिको लागि प्रतिष्ठानले गत जेठ १० गते सूचना प्रकाशित गरेर आवेदन दिन सहिद परिवारहरुलाई आह्वान गरिसकेको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार