वामदेव पुगे बालकोट , यस्तो छ कारण

8.2k Shares

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको बालकोट पुगेका छन् । 

बिहीवार बिहान उनले ओली निवास बालकोटमा पुगेर ओलीसँग भेट गरेका हुन्  । एमालेसँग अलग्गिएर बसेका गौतमले केही दिनअघि मात्रै नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए । 

उनले मुलुकभर रहेका कम्युनिस्ट पार्टीहरूबीचको एकता आह्वान गरिरहेका छन् ।  उनले आगामी दिन महिनासम्म एकताका लागि पहल गर्ने अभियान घोषणा कार्यक्रममा बताएका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार