मुलुकको विकासमा संसदको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री

21.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिभन्दा माथि उठेर मुलुकको लोकतान्त्रिक विकासमा संसदको महत्वपूर्ण भूमिको बताएका छन्। 

६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउन संसदीय व्यवस्थाले सहयोग पुगेको बताएका हुन्। 

उनले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक व्यवस्थामा छौँ। संसद शासन प्रणालीको महत्वपूर्ण आधार स्तम्भ हो। संविधान सभाबाट नेपालले व्यवस्थापिकालाई आत्मसाथ गरेको छ। गणतान्त्रिक संसदीय व्यवस्था मार्फत हामी मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेका छौँ।’ 

मुलुकलाई विकासशील बनाउने सबैको दायित्व भएको बताए।

ताजा अपडेट
सम्बन्धित समाचार