अर्थ मन्त्रालयको फुटेज बाहिर ल्याइयोस् : सुवास नेम्वाङ

11.1k Shares
सम्बन्धित पार्टी

 प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्। 


संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्थ मन्त्रालयको फुटेज हेरेर भए पनि घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेका हुन्।  प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा सो कुरा उठाउने तर अर्थमन्त्रीले होइन भनेपछि छानविन नगर्ने कुराले संसदलाई कमजोर बनाउने उनको भनाइ छ। 

‘संसदले बनाउने कानुन संसदबाटै बनाउनुपर्छ। संसदबाट ऐन बनाउँदा समय लाग्न भनेर हामी नियमावली बनाउन गयौं भने त्यसले पार्लिमेन्टलाई बलियो होइन कमजोर बनाउँछ अहिले भर्खरै पनि मलाई सम्झना छ, संसदमा पनि पटकपटक प्रश्न उठेको छ। बजेट बनाउने बेलामा अनधिकृत मान्छे भन्ने प्रश्न उठ्यो संसदमा । अर्थमन्त्रीजीले होइन भन्नु भयो। अब हो कि होइनरु म अहिले केही भन्दिन’ उनले भने, ‘तर मेरो के आग्रह हो त भन्दा सांसदहरुले उठाए यो अनधिकृत मान्छे प्रवेश गराए भनेर। अर्थमन्त्रीजीले होइन भन्नु भयो। म यसै भन्दिन तर यस्तो अवस्थामा यसलाई यसै गरेर छोड्न हुन्न। सजिलो छ। मेरो सुझाव पनि थियो। म यहाँ पनि दोहोर्‍याउँछु।’

उनले सो घटनाबारे सत्य बाहिर ल्याउन प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको तर्फबाट एक जना प्रतिनिधि राखेर अर्थ मन्त्रालयको फुटेज हेरेपछि बजेट निर्माणमा अनाधिकृत मान्छे अर्थमन्त्री शर्माले सामेल गराएको हो, होइनरु भन्ने स्पष्ट पार्नुपर्ने बताए। 

उनले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपिपी० कसले अघि बढाएको भन्ने विषयमा विवाद भएपछि सरकारले त्यसलाई छानविन गरेर तथ्य बाहिर ल्याउन ढिलाई गर्न नहुने पनि पटकपटक दोहोर्‍याए। 

ताजा अपडेट
सम्बन्धित समाचार