किसान मारमा‚ व्यापारीलाई पोस्दै सरकार : नेता पौडेल

11.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगम व्यापारीलाई दिने तयारी गरेको आरोप लगाएका छन्।

६४ औं संसद् दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहेका नेता पौडेलले यस्तो आरोप लगाएका हुन्। मन्त्रीहरू राजा बन्ने ध्याउन्नमा लागेको भन्दै उनले आपत्ति जनाए। प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चारमाध्यमले अघि ल्याउन आग्रह गरे।

उनले भने, ‘भनेका वेला किसानले कहिल्यै मल पाएनन्। जहिले पनि मलको हाहाकार किनरु हामीले यो कुरा बुझेनौं– काँग्रेसभन्दा बढी एमाले समाजवादी। एमालेभन्दा माओवादी बढी समाजवादी। चर्काचर्का समाजवादी छौं।’

किसानलाई मार परिहेका वेला चर्का समाजवादीले के गरे भन्दै पौडेलले आक्रोश व्यक्त गरे। किसान महँगी र मलको अभावको मारमा परेका वेला कसैको ध्यान नगएको उनको कथन छ।

उनले भने, ‘राज्यले सबै व्यापारीको हातमा दिएपछि यस्तै हुन्छ। व्यापारीले त नाफा हेर्छ। जतिखेर नाफा हुन्छ, त्यतिखेर मल ल्याउँछ। यसरी आज निर्धा किसानको संरक्षण भयो ? आफूलाई समाजवादी भन्नेहरूले किसानको पक्षमा के गरेरु’

सरकारले आयल निगमलाई पनि यस्तै व्यापारीको हातमा दिने चलखेल गरिरहेको खबर आएको पनि पौडेलले उल्लेख गरे। त्यस्ता चलखेलको पछाडि करोड नभई अर्बको खेल हुने उनले खुलासा गरे।

उनले भने, ‘त्यत्रो कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ रु त्यो आजीवन राजा हुने भइहाल्यो नि।’

वरिष्ठ नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्ने काम नगर्न पनि राजनीतिक दलहरूलाई सचेत गराए। ७० वर्ष संघर्ष गरेर टुंगो लगाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प खोज्न नमिल्ने उनको भनाइ थियो।

ताजा अपडेट
सम्बन्धित समाचार