बजेटसँग सम्बन्धित तीन वटा विधेयक शुक्रबार राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी छ।
बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ती विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
मन्त्री शर्माले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत ९२५ औं संशोधन० विधेयक २०७९ छलफल र पारितका लागि पेश गर्नेछन्।
शुक्रबारकै बैठकमा स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित केही विधेयक पनि पारित गर्ने कार्यसूची छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि ९तेस्रो संशोधन० विधेयक २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ९पहिलो संशोधन० विधेयक २०७९ मा दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
बैठकमा रेल्वे विधेयक २०७९ पनि पेश हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयकमाथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ।