नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्रीलाई

7.8k Shares

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भारतीय राजदूत श्रीवास्तवले देउवासँग भेटवार्ता गरेका हुन्।

यस क्रममा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश देउवालाई सुनाए।

उनले दुई देशबीचको मैत्रीसम्बन्धलाई थप मजबुत बनाउन प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

 

ताजा अपडेट
सम्बन्धित समाचार