गृहमन्त्री थापाको पद धरापमा

12.7k Shares
सम्बन्धित पार्टी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहिबार) नेकपा माओवादी केन्द्रले पदमुक्त गरेका चारजनालाई मन्त्री पदमा पुनर्नियुक्ति गरेलगत्तै राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापालाई समेत निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

यस प्रयोजनका लागि माओवादी केन्द्रले राष्ट्रियसभामा थापाले दल त्याग गरेको भन्दै आज सूचना दर्ता गराएको हो । थापासँग अर्का सांसद् चन्द्रवहादुर खड्कासँग स्पष्टीकरण सोधिएको संसदीय दलका प्रमुख सचेतक दीनानाथ शर्माले बताए ।

खड्काले समेत माओवादी केन्द्र त्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए । राष्ट्रिय सभाको अब बस्ने बैठकमा अध्यक्ष गणेशप्रसाद तिम्सिनाले उक्त सूचना पढेर सुनाएपछि पद रिक्त हुनेछ ।

ताजा अपडेट
सम्बन्धित समाचार