देउवा निवास नपुग्दै जसपा नेता गायब, यस्तो छ कारण!

10.8k Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेपाली काँग्रेसले बोलाएको तीन दलीय बैठकमा सहभागी हुन बुढानीलकण्ठतर्फ हिडेका जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू बाटोमै रोकिएर गोप्य तवरले आपसी छलफलमा जुटेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नेताहरूको एउटै धारणा बनाउन उनीहरू छलफलमा जुटेको बताइएको छ । तीन दलीय छलफलमा हिँडेका अध्यक्ष डा.बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई देउवा निवास नजिकैको गोप्य ठाउँमा छलफलमा बसेको बताइएको छ ।

भावी सत्ता समीकरणको निम्ति निर्णायक बनेको जसपाले अहिलेसम्म ठोस निर्णय गर्न सकेको छैन । नयाँ सरकार गठनमा एमालेलाई साथ दिने की काँग्रेस–माओवादीतिर लाग्ने भन्नेमा प्रष्ट निर्णय गर्न नसकेको जसपा यसैलाई लिएर आन्तरिक किचलोमा फसेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार