संघीयताको वर्तमान स्वरुप परिवर्तन गर्नुपर्छ : कमल थापा

9.6k Shares
सम्बन्धित राजनीतिज्ञ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको वर्तमान स्वरुप परिवर्तन गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारलाई खारेज गर्दै स्थानीय तहलाई बलियो बनाउँनु पर्ने उनको तर्क छ ।

पार्टीको अन्तक्रिया कार्यक्रममा सहभागी हुँन सुर्खेत आएका अध्यक्ष थापाले शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै वर्तमान अवस्थाको संघीयता सही नभएको बताएका हुन् । प्रदेश संरचनाको कुनै औचित्य नभएको उनको दाबी छ ।


‘संघीयताको वर्तमान स्वरूप परिवर्तन गर्न आवश्यक छ । प्रदेश संरचना खर्चिलो भयो, यस्को औचित्य पनि छैन । स्थानीय तहलाई बलियो बनाउँ । देशमा दुई तहको संघीयता आवयम छ,’ अध्यक्ष थापाले भने । 

ताजा अपडेट
सम्बन्धित समाचार