नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग शिष्टाचार भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
आज बिहान गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ ।
“भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरूप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो,” गृहमन्त्रीको सचिवालयले भनेको छ, “राजदूत श्रीवास्तवले आफूले पहल कदमी लिने बताउनुभयो ।”
भेटका क्रममा गृहमन्त्री खाँणले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।