भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

10.2k Shares

काठमाडौंस्थित भारतीय दूतावासमा एक सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ । दूतावास स्रोतका अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेका थिए ।

 ‘हामीले बिहान ९ बजे कार्यालय खोल्नुभन्दा अघि नै यो घटना भएको हो । ती सुरक्षाकर्मीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस विषयमा भारतीय सुरक्षाकर्मीले नै अनुसन्धान गरिरहेको छ ।


३२ वर्षीय ती सुरक्षाकर्मीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।’ यता नेपाल प्रहरीले पनि भारतीय दूतावासले आफूहरुलाई एक सुरक्षाकर्मीले आत्महत्या गरेको जानकारी गराएको बताएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार