नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीसँग जोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुलाई गैरजिम्मेवार नेताका रूपमा प्रस्तुत गरेका छन् । संसद्मा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा सोमबार सम्बोधन गरेका ओलीले कूटनीतिक सम्बन्धलाई नेताहरूले हचुवा खेल झैँ बनाएको टिप्पणी गरे ।
“प्रधानमन्त्रीसँगै एमसीसीलाई पत्र लेख्ने अनि पत्र पठाएकै छैन भन्ने ? अनि प्रधानमन्त्रीले पत्र सार्वजनिक गरेपछि इमान्दारिता भएन भन्ने ? ,” ओलीले भने, “फेरि एमसीसी पारित हुन नदिने भन्दै सडकमा उतार्ने ? नागरिकका टाउको फुटाउने रु अनि अर्कोदिन एमसीसीमा भोट हाल्ने ? ”
उनले एमसीसी पारित गरेपनि प्रचण्डले दिएको अभिव्यक्तिलाई थप गैरजिम्मेवार भनेर टिप्पणी गरे । “राष्ट्रघाती भन्दै आन्दोलन गर्ने अनि त्यसैमा भोट हाल्ने ? ,” ओलीले भने, “यो भन्दा गैरजिम्मेवार पनि केही हुन्छ र ? ”