माओवादी केन्द्रको बैठकमा आज प्रचण्डले जवाफ दिने

9.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।

आइतबार सुरु भएको बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदन माथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको आज अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको हो।


९ वटा एजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भूगोलबाट रिपोर्टिङ भएको थियो । दोस्रो दिन केन्द्रीय सदस्यहरूले केन्द्रीय नेतृत्व माथि प्रश्न गरेका थिए ।

माओवादीमा पदाधिकारी चयनलगायतको विषयमा बहस चलिरहेको छ। महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार