कांग्रेस पदाधिकारी बैठक बस्दै , देउवा उपस्थित नहुने

16.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित नहुने जनाइएको छ ।

आजको बैठकको नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् । समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ ।

बैठकमा पार्टीको भातृसंगठनलगायत विषयमा छलफल हुनेछ । 

ताजा अपडेट
सम्बन्धित समाचार