दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठक स्थगन गरेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक शुरु भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लका अनुसार विस्तारित बैठक प्रचण्डको निवास खुमलटारमा बैठक चलिरहेको छ । छलफल केहि घण्टामा सकिने जनाइएको छ । बैठकमा पूर्व स्थायी र प्रदेश इञ्चार्ज सहभागी छन् ।
यसअघि आइतबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बसेर सक्ने तयारी थियो । केन्द्रीय समितिको बैठक भने भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी तयारी भइरहेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।