प्रधानमन्त्री शेरबहादुर देउवाले धरैवटा दल मिलेर बनेको सत्तारुढ गठबन्धनमा केही समस्या देखिनु सामान्य भएको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालय परिसर काठमाडौँमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक मंगलबार अनावरण गर्दै प्रधानमन्त्री देउवाले एउटै पार्टीमा समेत समस्या हुने भन्दै धेरै दल मिलेर बनेको गठबन्धनमा समस्याहरू आउनु स्वभाविक भएकाले यसलाई ठूलो रुपमा लिन नहुने बताएका हुन् ।
उनले भने, ‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त झन् धेरै समस्या हुन्छन् । त्यो सामान्य कुरा हो, आफ्नै पार्टी मिलाउन त चुनौती हुन्छ भने अरु पार्टीलाई मिलाउन सहज छैन ।’ कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले सत्ता गठबन्धनमा समस्या देखिन थालेको बताएका थिए ।