किन स्थगित भयो प्रतिनिधिसभा बैठक ?

9k Shares

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक आज (बुधबार) ११ बजेका लागि बोलाइएकोमा १ बजेसम्म पनि बस्ने अवस्था नभएपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयका अधिकारीले जानकारी दिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा आफ्ना कुरा राख्न खोजेपछि एमालेले अवरुद्ध गर्ने तयारी गरेको थियो । सोही कारण बैठक बस्न नसकेको हो । अहिले मन्त्रीहरू अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे एमाले नेताहरूसँगको छलफलमा रहेका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार