अर्थमन्त्रीमाथि छानविनका लागि संसदीय समिति बनाउन सर्वदलीय छलफल जारी

8.7k Shares

प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनेबारे सर्वदलीय छलफल भइरहेको छ ।

बुधबार सत्तापक्ष र प्रतिपक्षी दलहरु समेत सहभागी भएको सो बैठकमा छानविन समिति कति जना सदस्य रहने कस्तो बनाउने भन्नेबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले बिहानदेखि पाटीभित्र आन्तरिक छलफल तथा सर्वदलीय छलफल भइरहेको जानकारी दिए । एमालेले अर्थ मन्त्रालयको असार १४ गते रातीको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभामा अर्थमन्त्रीले बोल्ने भनेपनि एमालेले सभामा अवरोध गर्ने बताएको थियो । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रमुख सचेतक लगायतसँग परामर्श गरेका थिए । दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । 

ताजा अपडेट
सम्बन्धित समाचार