प्रधानमन्त्रीको अमेरिका भ्रमण अब सम्भव छैनः प्रचण्ड

12.6k Shares
सम्बन्धित पार्टी

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्भावना अब कम मात्र रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठकलाई बिहीबार प्रज्ञा भवन कमलादीमा सम्बोधनका क्रममा उनले सैन्य सम्झौता एसपीपीका कारण प्रधानमन्त्रीको अमेरिका भ्रमण अब हुन नसक्ने बताए । ’हिजोको मात्रै कुरा हो । प्रधानमन्त्रीसँग अमेरिका भ्रमणबारे कुरा भएको छ । कोही हुँदैछ, कोही हुँदै छैन भन्दैछन् भनेर मैले प्रधानमन्त्रीलाई सोधेको थिएँ’, उनले भने, ‘एसपीपी त सरकारले अगाडि नबढाउने भनेर निणर्य गरिसक्यो । तर एसपीपीको साटो एसपीए आउँदैछ भन्दा उहाँले अब कुनै सम्झौता हुँदैन भन्नु भयो ।’

उनले एसपीपीको साटो अमेरिकाले एसपीए ल्याएकोबारे गठबन्धनविरुद्ध भ्रम फैल्याउने काम भएको समेत बताए । ‘प्रधानमन्त्रीले यसबारे गठबन्धन तोड्न चाहनेले भ्रम फैल्याएको हो भन्नु भयो, कुनै पनि सम्झौता हुँदैन भन्नु भएको छ’, प्रचण्ड भने, ‘अब प्रधानमन्त्रीको अमेरिका भ्रमण पनि निश्चित छैन । भयो भने राष्ट्रसंघको साधारणसभाको बेलामा हुने सम्भावना छ ।’ 

ताजा अपडेट
सम्बन्धित समाचार