निर्वतमान अर्थमन्त्री जनार्दन शर्माले आफूले ल्याएको बजेट कार्यान्वयन भए माओवादीले आउँदो चुनावमा बहुमत ल्याउने दाबी गरेका छन् ।
बिहीबारको पार्टी केन्द्रीय कमिटी बैठकमा उनले बजेट कार्यान्वयन भए २७० ठाउँमा सहजै जित्न माओवादीलाई कसैले रोक्न नसक्ने दाबी गरे ।
बजेट बनाउँदा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै शर्मामाथि संसदीय विशेष छानबिन समिति गठन भइसकेको छ । उनले बुधबारबार पदबाट राजीनामा दिइसकेका छन् ।