वाग्मती प्रदेश सभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ । बजेट अधिवेशनका रूपमा रहेको दसौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ । प्रदेश सभा सचिवालयकाअनुसार चालु दसौँ अधिवेशनको २५औँ बैठक आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रदेश सभाको दसौँ अधिवेशनको २४औँ बैठक असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो । गत जेठ १३ गतदेखि सुरु भएको दसौँ अधिवेशनअन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९र०८० का लागि बजेट प्रस्तुत गरेको थियो ।
सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल असार १३ र १४ गते सकेको प्रदेश सभाले असार १६ गते विनियोजन विधेयक पारित गरेको थियो ।