संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

8.3k Shares

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे बस्ने संसद सचिवालयले जनाएको छ । 

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले (‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)  विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने कार्यसूची छ । 

सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन)  विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । 
  

ताजा अपडेट
सम्बन्धित समाचार