सभामुख सापकोटाले बोलाए जनार्दन शर्मामाथि छानविन गर्न गठित विशेष समितिको बैठक

7.9k Shares

सभामुख अग्निप्रसाद सापकोटाले जनादर्न शर्मामाथि छानविन गर्न गठित विशेष समितिको बैठकमा बोलाएका छन् ।

दिउँसो साढे १ बजे नयाँ बानेश्वरमा समितिका सदस्यहरुलाई बैठकका लागि बोलाएको एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले जानकारी दिइन् । प्रतिनिधि सभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको हो ।

दुई दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन गठन गरिएको थियो । शर्माले बजेट निर्माण गर्ने क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको छ । सो समितिले के कसरी काम गर्दैछ त्यसका लागि सभामुख सापकोटाले सहजीकरणका लागि बैठक बोलाएका हुन् ।

छानविन समितिका एक सदस्य एमाले सांसद भानुभक्त ढकाल भने सहभागी हुने छैनन् । आफन्तकोमा बिहे परेका कारण आफूले सभामुखसँग बिदा मागेको उनले जानकारी दिएका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार