वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत हुन जरुरी रहेको प्रचण्डको भनाई

11k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 प्रचण्ड नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत हुन जरुरी रहेको बताएका छन् । 

मुस्लिम समुदायको महान् पर्व बकर इद (इद–अल–अधा) को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्–“मुस्लिम समुदायको महान् पर्व बकर इद (इद–अल–अधा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य र दीर्घायुसहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु । भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको छु ।

समाजका यिनै परम्परा, भाषा, धर्म र संस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका हुन्छन् । यस प्रकारका चाडपर्वहरूको संवर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व पनि हो । 

मुलुकको राष्ट्रिय स्वाधीनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरुको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डो- याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी छ । यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समुन्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गरोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

ताजा अपडेट
सम्बन्धित समाचार