कांग्रेस पदाधिकारी बैठक आज बस्ने , यस्ता छन एजेण्डा

21k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो १ बजे बैठक बोलाएका हुन् ।


पार्टी कार्यालय सानेपामा बस्ने बैठकले केन्द्रीय समितिको एजेन्डा तय गर्ने एक नेताले बताएका छन् । कांग्रेसले स्थानीय तहको चुनावको समीक्षा गर्न भोलि दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक राखेको छ ।

बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने एजेन्डा समेत रहेको छ । स्थानीय निर्वाचनपछि पहिलो पटक काँग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दै छ । 

ताजा अपडेट
सम्बन्धित समाचार