काठमाडौंः जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनसक्ने औल्याएका छन् । उनले जसपाको मागको सम्बोधन गरेमा ओलीलाई साथ दिन सकिने बताएका हुन् ।
नेता महतोले ओलीसँग अहिले वार्ता चलिरहेको बताए । उनलले वर्तमान सरकारसँगै पनि जसपाको सत्ता साझेदारी हुनसक्ने बताए छन्।
जुन पार्टीले जसपाका मुद्धा सम्बोधन गर्छ त्यसैसँग सत्ता साझेदारी हुन्छ, महतोले भने। पार्टीले सत्ता समिकरणबारे आधिकारिकरुपमा निर्णय नगरिसकेकाले अहिले नै कोसँग सहकार्य हुन्छ भन्नेबारे अनुमान गर्न नसकिने बताए ।
सत्ता समिकरणको विषयलाई लिएर जसपा पार्टी नफुट्ने पनि नेता महतोले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तीन दलको सत्ता समिकरणको प्रयास भइरहँदा महतोको भनाई आएको हो ।