एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भयो : मेयर रेनु दाहाल

24.2k Shares
सम्बन्धित राजनीतिज्ञ

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छिन् ।  बकर इद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदान प्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् ।विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बिहरुलाई शासन गर्ने परिपाटी भएपनि अहिले त्यो अन्त्य भएर गएको दाहालले उल्लेख गरिन् । यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको मेयर दाहालको दाबी थियो ।


नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै सबै धर्मावलम्बीहरुले बीच धार्मिक सहिष्णुता कामय भइ भाइचाराको सम्बन्ध स्थापित भएको उनको भनाइ थियो । 

ताजा अपडेट
सम्बन्धित समाचार