गगन थापाले आगामी प्रधानमन्त्रीको रुपमा अघि बढे समर्थन गर्ने महामन्त्री शर्माको भनाई

14.9k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले आगामी प्रधानमन्त्रीको रुपमा आफूलाई अघि सारे समर्थन गर्ने बताएका छन् ।

कांग्रेस निकट जनसम्पर्क समितिले अमेरिकाको क्यालिफोर्नियामा गरेको कार्यक्रममा महामन्त्री शर्माले आगामी प्रधानमन्त्रीमा थापाको दाबेदारी स्वभाविक भएको पनि बताए । उनको भनाइ उद्धृत गर्दै कार्यक्रममा सहभागी रहेका नेपाली कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले जनाए अनुसार महामन्त्री शर्माले ‘सांसद तथा मन्त्री र पार्टीको महामन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको’ रहेको र ‘५० वर्षमुनिको उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक भएकाले आफुहरूबीचमा सिनियर जुनियरको कुरा नहुने बताएका हुन् ।

एक समय शर्मा नेविसंघको अध्यक्ष हुँदा थापा महामन्त्री थिए । अहिले शर्मा र थापा दुबै पार्टीको महामन्त्री छन् । महाधिवेशनमा बढी मत थापाले पाएका थिए । विद्यार्थी राजनीतिमा शर्मा अघि भएपनि संसदीय चुनावमा उनी विजयी हुन सकेका छैनन् । थापा भने पटक पटक सांसद बन्नुका साथै केही समय स्वास्थ्य मन्त्री पनि बनेका थिए ।

महामन्त्री थापाले आगामी निर्वाचन पश्चात् प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आएका छन् । उनको यो भनाईपछि कांग्रेसभित्र एकखालको तरंग आएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार