के ओली जसपासँग सत्ता साझेदारीमा सहमति हुन्छन् त?

13.3k Shares
सम्बन्धित पार्टी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा एमालेका नेता डा.राजन भट्टराईले जनता समाजवादी पार्टीसँग सत्ता साझेदारीका विषयमा छिट्टै सहमति हुने दाबी गरेका छन् । उनले सहमतिका लागि छलफल अगाडि बढिसकेको समेत बताए ।

जसपाले उठान गरेका कानुनीरुपमा समाधान गर्न मिल्ने मागहरु सरकारले पूरा गर्ने उल्लेख गर्दै जसपासँग सत्ता साझेदारी हुनसक्ने बताएका हुन् । डा.भट्टराईले जसपाका जायज माग पूरा गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

देशलाई राजनीतिक संकटबाट निकास दिन तीनवटा मात्रै विकल्प रहेको उल्लेख गर्दै उनले पहिलो वर्तमान सरकारको निरन्तरता, दोस्रो निर्वाचनमा जानुपर्ने र अन्तिम विकल्प वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर सरकार परिवर्तन गर्नु रहेको प्रष्ट पारे ।

फरक प्रसंगमा डा.भट्टराईले उत्तरी नाका संचालनमा ल्याउन चीनसँग सरकारले पहल गरिरहेको बताए । चीनमा कोरोना संक्रमण बढ्ने बित्तिकै नाकामा कडाइ हुने गरेको उल्लेख गर्दै अन्तराष्ट्रिय नाका भएकाले सरकारले एकतर्फि निर्णय गरेर नाका संचालन गर्न नसक्ने बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार