राष्ट्रपति भण्डारीले गरिन् दुई देशका लागि राजदूत नियुक्त

12k Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालका लागि अष्ट्रिया र इजिप्टमा राजदूत नियुक्त गरेकी हुन् ।

गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत रहने गरी भरतकुमार रेग्मी नियुक्त भएका छन् ।

यस्तै, इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार