काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालतमा उपस्थित भएका छन् । उपत्यकाका नगरपालिका प्रमुखलाई समेत विपक्षी बनाई दायर भएको एक मुद्दाको सुनुवाइका क्रममा उनी सहित उपत्यकाका जनप्रतिनिधिहरु अदालतमा उपस्थित भएका हुन् ।
जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा समेतले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, काठमाडौं उपत्यकाका स्थानीय तह, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलगायतका निकायलाई विपक्षी बनाइएको थियो । ।
उक्त मुद्दामा सर्वोच्चले विपक्षीलाई अदालतमा हाजिर हुन आदेश गरेको थियो । सो मुद्दामा सोमबार न्यायाधीशहरु हरिकृष्ण कार्की र डा मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।