बाबुरामको पक्षमा २३० जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको दाबी

10.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

जनता समाजवादी पार्टी नेपालका २३० जना केन्द्रीय सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको डा बाबुराम भट्टराई पक्षले जानकारी दिएको छ । आज बिहान बसेको बैठकमा २३० जनाले हस्ताक्षर गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले बताएका हुन् । २३० जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको रहेको उनले बताए ।

‘तर केन्द्रीय समिति बैठकमा १०६ जना केन्द्रीय सदस्यले मात्र रजिस्ट्रेसन गराएका छन् नि,’ भन्ने प्रश्नमा उनले बैठकमा आएका धेरैले रजिस्ट्रेसन नगरेको र अहिलेसम्म आफूले पनि नगरेको बताए । पार्टीमा केन्द्रीय सदस्यको कूल सङ्ख्या ४९९ रहेका छन् । उनले २३ जना सांसदमध्ये १० जना आफूहरूको पक्षमा रहेको पनि बताए। 

ताजा अपडेट
सम्बन्धित समाचार