अलगिए उपेन्द्र-बाबुरामः वीरगञ्जमा आज उपेन्द्र पक्षीय बैठक शुरु हुँदै

17.9k Shares
सम्बन्धित पार्टी

फुट औचारिक घोषणा नजिक पुगेको सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षीय केन्द्रीय समितिको बैठक आज (बुधबार) वीरगञ्जमा शुरु हुँदैछ ।

यता काठमाडौंमा सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक मंगलबारदेखि जारी छ । दुई अध्यक्ष यादव र भट्टराईबीचको विवादले जसपा औपचारिक विभाजनतिर अगाडि बढेको छ । जसपाको फुटले औपचारिकता पाउन भने केही दिन लाग्ने दुबै पक्षका नेताहरुले बताएका छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २६ वैशाख २०६६ मा एकता भएर समाजवादी पार्टी बनेको थियो, जुन पछिल्लो समय जनता समाजवादी पार्टीको नाममा क्रियाशील छ । तर यादव र भट्टराई पक्षको छुट्टाछुट्टै भेलाले जसपा विभाजन निश्चित जस्तो बनेको छ ।

हिजोबाट शुरु भएको भट्टराई पक्षको विस्तारित वैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष उपेन्द्र यादवले पार्टी कब्जा गर्न खोजेको बताउँदै प्रश्नहरुको सामना गर्न कार्यक्रममा आउन आह्वान गरे । उनले पार्टीको पुनर्गठन पहिलो प्राथमिकता भए पनि यो नभए विचार मिल्नेसँग एकीकरणको प्रस्ताव राजनीतिक प्रस्ताव कार्यक्रममा पेस गरेका छन् । उपेन्द्र पक्षको आजको वैठकले कुन दिशा समात्छ, त्यसमा जसपाको भविष्य निर्भर रहने देखिएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार