रास्वपाकाे मोरङ जिल्ला संयोजकमा गौतम, सह संयोजकमा ज्योति पेख्रेल

10.1k Shares
सम्बन्धित पार्टी
यो पनि

विराटनगर: विराटनगर जैन भवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको मोरङ जिल्ला भेलामा विराटनगर ७ निवासी २५ वार्षिय क्षीतिज गौतम मोरङ जिल्ला संयोजक पदमा निर्वाचित भएका छन ।

पार्टीका सभापति रवि लामिछाने पनि उपस्थित कार्यक्रम पछिको भेलाले गौतमलाई मोरङ जिल्ला संयोजक पदमा‌ निर्वाचित गरेको हो ।त्यस्तै सह संयोजकमा ज्योति पेख्रेल निर्वाचित भएका छन।

गौतम विभिन्न समाजिक कार्यहरुमा सक्रिय युवा हुन । गौतम चर्चित सामाजिक ग्रुप मेन्स रुम रिलोडेड ( एम आर आर ) का सक्रिय सदस्य पनि हुन । गौतम लियो, रोट्रयाक्ट,हामी युवा, जेसिस जस्ता विभिन्न समाजिक संस्था मा पनि सक्रिय छन ।

गौतमलाई पार्टीका केन्द्रिय सभापति रबि लामिछानेले शुभकामना दिएका छन । गौतमले पार्टीलाई उच्च स्थानमा पुर्याउने प्रदिबद्धता जनाएका छन ।

ताजा अपडेट
सम्बन्धित समाचार