प्रचण्डको चरित्रहत्याका लागि दिल्लीमा सत्ता आलोपालो गर्ने सहमति भएको अनर्गल प्रचार गरियो : देव गुरुङ

10.5k Shares
सम्बन्धित पार्टी

नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक चरित्रहत्याका लागि दिल्लीमा सत्ता आलोपालो गर्ने सहमति भएको अनर्गल प्रचार गरिएको आरोप लगाउनुभएको छ ।

गुरुङले नेपाली कांग्रेससँग नेपालमै कुराकानी हुन सक्ने भन्दै सम्झौता गर्न दिल्ली पुग्नु जरुरी नरहेको बताउनु भयो । यस्तै गुरुङले बहुदलीय व्यवस्था स्वीकार गरिसकेपछि हिन्दुवादी वा गैरकम्युनिस्ट दलसँग सम्बन्ध र सम्पर्क हुनु स्वाभाविक भएको पनि टिप्पणी गर्नुभयो ।


प्रचण्डको भारत भ्रमणले पार्टी र पार्टीबीचको सम्बन्ध स्थापित गर्न सफल भएको नेता गुरुङको दाबी छ । वाम एकताको पक्षमा चीनको सद्भाव र सुझाव रहेको पनि नेता गुरुङले स्वीकार गर्नुभयो । 

ताजा अपडेट
सम्बन्धित समाचार