विराटनगर: प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्नुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन सुरु गरिएको छ ।
प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी प्रदेश नं १ को नामाकरण 'किराँत प्रदेश' पक्षधरले धर्ना तथा नाराबाजी गरेका हुन ।
सोमबार इटहरी बाट किरात राई यायोक्खाको अगुवाईमा निस्केको र्यालीले प्रदेशको मुख्यमन्त्री राजेन्द्र राईको कार्यालय अगाडी धर्ना तथा नाराबाजी गरेको हो।
प्रदेश नं १ को नामाकरण ऐतिहासिक किराँत सभ्यताको पहिचानको आधारमा हुनुपर्ने भन्दै निस्केको र्यालीमा सुनुवार , नेवार लगायत विभिन्न जातजाती संगठनहरूले एक्यवद्धता जनाएका छन् ।
किरात राई यायोक्खाले आयोजना गरेको र्याली तथा नाराजुलुसमा यायोक्खाको नेताहरुले मुख्यमन्त्री राजेन्द्र राई संग भेटेर आफ्नो माग सहितको ज्ञापनपत्र समेत बुझाएका थिए।