काठमाडौँ । नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो ।
ओली पक्ष नवौँ महाधिवेशनको स्पिरिटअनुसार अघि नबढेको नेपाल -खनाल पक्षले आरोप लगाएको छ । नेपाल-खनाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछन् ।