सीसीटीभीसँग सम्बन्धित विज्ञसँग छलफल गरिने

8k Shares
सम्बन्धित राजनीतिज्ञ

संसदीय विशेष छानबिन समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा सीसीटीभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने कार्यतालिका छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय उक्त समिति बनेको हो । शर्माले उक्त समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार