कांग्रेस नेतृ संग्रौलाले गरिन् सरकारलाई यस्तो प्रश्न !

9.7k Shares
सम्बन्धित पार्टी

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा सांसद डिला संग्रौलाले चुच्चे नक्शा कता गयो रु भन्दै सरकारलाई प्रश्न गरेकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो प्रश्न गरेकी हुन् । सांसद संग्रौलाले संसदले पारित गरेको राजनीतिक भूगोलको नक्सालाई किन लुकाएको रु भन्दै सरकार समक्ष प्रश्न तेर्साएकी छिन् ।

उनले राष्ट्रपतिले वितरण गरेको विभुषणमा चुच्चे नक्सा हराएको सन्दर्भमा आफूले यस्तो प्रश्न उठाएको पनि स्पष्ट पारेकी छिन् । उनले लेखेकी छिन्सा-र्बभौम सम्पन्न नेपाली जनताको प्रतिनिधिमुलक संसदले पारित गरेको राजनितिक भूगोलको नक्सालाई सरकारले किन लुकाएकोरु रास्ट्रवाद भनेको सनक चढदा देखिने र सनक ओर्लदा हराउने बस्तु हो ररु सरकार चुच्चे नक्सा कता गयो रु सन्दर्भ  राष्ट्रपतिले वितरण गरेको विभुषण चुच्चे नक्सा हराएको सन्दर्भमा!” 

ताजा अपडेट
सम्बन्धित समाचार