नागरिकता विद्येयकमा ५४ सांसदका ३१ संशोधन प्रस्ताव

17.1k Shares

सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता विद्येयक फिर्ता लिएर पुनः सरकारले नयाँ विद्येयक पेश गरेपछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।  

संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपालमा बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्रमाणपत्र दिनुपर्ने प्रावधान राख्नुपर्ने उल्लेख गरेका छन ।

राज्यव्यवस्था तथा सुशासन समितिले दुई वर्षअघि नै विधेयकमाथि दफावार छलफल गरी प्रतिनिधिसभामा प्रतिवेदन पेश गरिसकेको भएपनि हालै सरकारले सो विद्येयक फिर्ता लिएर नयाँ विद्येयक दर्ता गराएको हो । सो विद्येयकमा दलहरुबीच पूर्ण सहमति नभएपनि समितिले विदेशी महिलालाई नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने संशोधन राख्ने विषय बहुमतले निर्णय गरेको थियो ।

पुनः संसदमा पेश भएको नागरिकता विद्येयकमा चार दर्जनभन्दा बढी संशोधन प्रस्ताव दर्ता भएपछि सरकारले सो विद्येयक आजको प्रतिनिधिसभा बैठकमा अघि बढाएको छैन । 

ताजा अपडेट
सम्बन्धित समाचार