देशमा मन थाम्न नसक्ने गरी बर्बादीतर्फ जान लागेको अध्यक्ष ओलीको भनाई 

10.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा नहुने खतरा रहेको आशंका व्यक्त गरेका छन् ।

आज पार्टीको वागमती प्रदेश भेलामा उनले मंसिरमा गर्नुपर्ने निर्वाचन विभिन्न बहाना बनाएर सार्ने खतरा रहेको बताएका छन् । उनले फागुनमै गर्नुपर्ने स्थानीय तह निर्वाचन वैशाख अन्तिममा मात्र गरिएको पनि बताएका छन् ।

अध्यक्ष ओलीले समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचनबाट देशका निम्ति काम गर्ने, लोकतन्त्रको रक्षा, विकास गर्ने सरकार आउनुपर्ने उनले बताए । देश मन थाम्न नसक्ने गरी बर्बादीतर्फ जान लागेको उनको भनाइ छ । 

ताजा अपडेट
सम्बन्धित समाचार