हामीले गठबन्धनको गीत धेरै गायाैँ, गुटबन्दीमा हरायौँ : माधव नेपाल

11.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल गठबन्धनमा भरोसा धेरै गरेको कारणले स्थानीय तहको निर्वाचनमा साेचेजस्तो परिणाम नआएको बताएका छन्।  

काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले पार्टीभित्र धेरै गुटबन्दी भएको गुनासो गरेका हुन्। 

उनले भने, ‘गठबन्धनको गीत हामीले धेरै बढी गायौँ। गठबन्धनको भरोसा धेरै गर्‍याैँ। अरूको सहारामा बाँच्ने भनेपछि आफ्नो शक्त्रि निर्माणमा ध्यान जाँदो रहेनछ। अरूको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन।’

स्थानीय तहकाे निर्वाचनमा नेता कार्यकर्ताले आँट गरेरै जित्छु भनेर लागेको भए पार्टीको प्रचार धेरै हुने बताए। 

‘आफ्नै शक्तिमा भरोसा गर्ने आफ्नै तागतको भरमा जित्छु भन्ने आफैँ पार लगाउन सक्छु भन्नेले पार्टीको विश्वास जित्दा रहेछन्। हामी गठबन्धनको गीत गाएर तयारी गरेको भए पार्टीको प्रचार हुन्थ्यो। संघ र प्रदेशको निर्वाचनलाई सहयोग पुग्थ्यो’‚ उनले भने, ‘कतिपय ठाउँमा हामीले आँट गरेनौँ। गठबन्धन नहुने भएपछि फिर्ता लियौँ। कागजमा गरेको सहमति पालना भएन।’
 
उनले पार्टीको आदेश विपरीत गएर धोका र गुटबन्दीमा लागेको गुनासो गरे। 

ताजा अपडेट
सम्बन्धित समाचार