एमालेसँग लड्नका लागि नेपाली कांग्रेसले अन्य दललाई प्रयोग गरिरहेको शंकर पोखरेलको आरोप

10.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेसँग लड्नका लागि नेपाली कांग्रेसले अन्य दललाई प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा पत्रकारसित उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनावमा कमजोर देखाउन कांग्रेस र अन्य दलले मिलेर काम गरिरहेको आरोप लगाए ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिल्दा पनि एमालेको लोकप्रिय मत बढेको दाबी उनले गरे । पोखरेलले शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार असंसदीय र निर्दलीय भएको आरोप पनि लगाए ।

एमालेले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउँदा विरोध भएकोले फिर्ता गरेको तर अहिले देउवाले संसदीय मर्म नै नराखी त्यस सम्बन्धी विधेयक ल्याएको आरोप उनले लगाए । 

ताजा अपडेट
सम्बन्धित समाचार