राजनीति एसपीपी सम्झौताबारे रुलिङको माग गर्दै भीम रावलले एक्लै ‘रोष्टम कब्जा’ गरेपछि...

13.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोस्ट्रम नछाडेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङकोमा माग गर्दै रोस्ट्रम नछाडेपछि बैठक प्रभावित भएको हो ।

बैठकमा सभामुखको अध्यक्षता गरेकी सत्या पहाडीले ध्यानाकर्षण भएको र पटकपटक बस्न अनुरोध गर्दा पनि रावलले भने रुलिङ नभएसम्म रोस्ट्रम नछाड्ने अडान राखेका थिए ।

सो क्रममा केही सांसदहरूले आपत्ति पनि जनाएका थिए । त्यसलगतै सभामुख अग्नि सापकोटा आएर रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताएको विषयान्तर नगर्न आग्रह गरे । तर रावलले एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नुपर्ने दोहोर्‍याए ।

त्यसपछि सभामुख सापकोटाले केही बेरका लागि संसद् बैठक स्थगित नै गरेका थिए । १५ मिनेट स्थगीत भएर सुरु भएको बैठक भने सहज रुपमा अघि बढेको थियो । 

ताजा अपडेट
सम्बन्धित समाचार