प्रचण्ड र बाबुरामबीच भेटवार्ता, के के भयो कुराकानी ?

16.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

आज बिहान ललितपुरको हात्तीवनस्थित प्रचण्डनिकट एक व्यक्तिको घरमा करिब दुई घण्टा छलफल भएको डा। भट्टराईको सचिवालयले जनाएको छ । उनीहरूबीच बिहान ९ बजेदेखि भेटवार्ता भएको थियो ।

दुई नेताबीच गएको मंगलबार पनि सिंहदरबारमा भेटवार्ता भएको थियो ।

पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । डा। भट्टराईले एकता गरेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार