एसपिपी अस्वीकारको पत्र लेख्‍न सरकारलाई कसले रोक्यो?

12k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले अमेरिकालाई एसपिपी अस्वीकार गरेको पत्र अमेरिकालाई नलेखेकोप्रति असन्तुष्टि जनाएका छन्।
 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेर एसपिपी लिन्नौँ भनेर संसदमा भनेका हौँ। सरकारले पनि अस्वीकार गर्ने निर्णय गरेको हो। तर, किन पत्र लेख्न रोकियो। के कारणले लेख्न सकेको छैन। देशको क्याबिनेटभन्दा बाहिर कहाँ छ कार्यकारी अधिकार।’

क्याबिनेटले निर्णय गरिसकेपछि सरकार र प्रधानमन्त्रीले गम्भिरतापूर्वक लिएर पत्र लेख्नुपर्ने माग गरे।  

चर्को विरोध भएपछि सरकारले एसपिपी अस्वीकार गर्ने निर्णय मन्त्रीपरिषद्बाट गरेको भएपछि अहिलेसम्म पत्र पठाएको छैन। 

ताजा अपडेट
सम्बन्धित समाचार