ओलीलाई हटाउन तीन दलको तयारी, तर ठाकुरका कारण अधुरो  

10.8k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वको सरकारबाट हटाउन तीन दलको प्रयास/तयारी जारी छ ।


मंगलबार सत्ता समीकरणबारे तीन दलका शीर्ष नेताहरूको  एक छलफलमा नेपाली काँग्रेस,  माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार निर्माणका लागि भेटघाटघाट गरेको हो ।


जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन । भेटमा उनीहरुबीच सत्ता समीकरणकै विषयमा छलफल भएको बताउनुभयो ।


नयाँ सरकार निर्माणको विषयमा पार्टीभित्र दुई कित्ता देखिएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव दुवैतिर तानातानमा परे । यद्यपि  एउटा कित्ताको नेतृत्व ठाकुर र अर्को कित्ताको नेतृत्व यादवले गरेका छन्। यद्यपि जसपालाई अहिले दुवैतिर सत्ता साझेदारीको प्रस्ताव आएको छ। यादव माओवादी केन्द्रसँग निकट देखिएका छन् भने ठाकुर ओलीसँग निकट देखिएका छन् ।


कुनै बेला तराई मधेस केन्द्रित दलहरू उठाएका मागको बारेमा सुन्नै नचाहने प्रधानमन्त्री केपी शर्मा ओली अहिले जसपाले उठाएका माग पूरा गर्न प्रक्रिया अघि बढाएका छन्। सत्ता जोगाउन ओलीले अहिले जसपाका अध्यक्ष ठाकुरसँग निकटता बढाउँदै गएका छन्। उनले ठाकुरलाई बोलाई बोलाइ भेट्ने गरेका छन् ।

जसपा दुई धारमा बाँडिएपछि नयाँ सरकार निर्माणको सन्दर्भमा काँग्रेस स्पष्ट हुन सकिरहेको छैन । देउवासँग मंगलबार भएको भेटमा यादव र डा. भट्टराईले आफूहरू सरकारको विकल्प दिन तयार रहेको बताएका हुन् । 

ताजा अपडेट
सम्बन्धित समाचार