एमालेको प्रश्न– निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ,आशीर्वाद नपाएर हो कि ?

13.1k Shares
सम्बन्धित पार्टी

नेकपा एमाले स्थायी कमिटीका सदस्य लालबाबु पण्डितले प्रतिनिधि सभा चुनावको मिति घोषणामा भइरहेको ढिलाइप्रति सरकारको जवाफ माग गरेका छन् ।  आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद पण्डितले चुनावका मिति घोषणामा भएको ढिलाइप्रति सरकारको जवाफ माग गरेका हुन् । 

‘निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ भइरहेको छ ? गठबन्धनको गाँठागुठी नमिलेर हो कि, आर्शिवाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ?  चुनाव नगराउने मनसायले गठबन्धन लामो समय टिकाउन हो ? जनता जान्न चाहन्छन्,’ पण्डितले भने । 

निर्वाचन आयोगले मंसिर २ गतेका लागि प्रतिनिधि सभा चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिश गरेपनि सरकारले चुनावको मिति तोकेको छैन । चुनावको मिति घोषणामा भएको ढिलाइप्रति प्रतिपक्षी दलले सरकारको जवाफ मागिरहेको छ । 
 

ताजा अपडेट
सम्बन्धित समाचार